October 20, 2026, Tuesday
KN hd tv

एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी

वासिङ्टनडीसी (अमेरिका) । अरबपति तथा टेस्लाका सीईओ एलन मस्कले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल एक्स प्रयोगमा रेकर्ड उच्च’ पुगेको दाबी गरेका छन् । एक्सले एकै दिनमा विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता–प्रतिसेकेन्डको कुल अनुभव गरेको मस्कले बताएका छन् ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा, मस्कले एक्स प्रयोगले हिजो विश्वव्यापी रूपमा ४१७ बिलियन प्रयोगकर्ता प्रतिसेकेन्डको साथ अर्को रेकर्ड उच्च राखेको उल्लेख गरेका छन् । उनका अनुसार  संयुक्त राज्य अमेरिकामा, प्रयोगकर्ता एकै दिनमा  ९३बी ३२ यु सेकेण्ड पुगेको जनाउदैे यो अघिल्लो रेकर्ड भन्दा  ७६ बीले  एकै दिनमा बढी भएको उल्लेख गरे ।   


गत मार्चको एक्स तथाङ्कले २५० मिलियन मानिसहरूले हरेक दिन औसतमा ३० मिनेट  एक्स प्रयोग गर्ने दाबी गरिएको थियो । पोष्टमा प्रत्येक महिना  ५५० मिलियन मानिसहरूले ग्लोबल टाउन स्क्वायर भ्रमण गर्छन् भने औसतमा, प्रयोगकर्ताले एक्समा दिनको ३० मिनेट खर्च गर्ने भनिएको छ ।

अक्टोबर २०२२ मा, मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व लिएका थिए ।  पछिल्लो समयमा, मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी, कम्पनीका आधा कर्मचारी हटाएर, खाता पुनः स्थापनाको समीक्षा गर्न सामग्री मोडरेशन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार रेका छन् ।    

टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले पदभार सम्हालेपछि कम्पनीमा धेरै परिवर्तन भएका छन्, जसमध्ये केही विवादास्पद समेत भएका छन् । विवादास्पद निर्णयसँगै, ट्विटरले विज्ञापन राजस्वको ठूलो मात्रा गुमाउन थाले पछि मस्कले ट्विटर ब्लूको रूपमा भुक्तान गरिएको प्रमाणीकरणहरू सुरु गरेका हुन् । 

मस्कले जुलाई २०२३ मा ट्विटरसँग सम्बन्धित प्रसिद्ध निलो चरालाई प्रतिस्थापन गर्दै गर्मीमा प्लेटफर्मलाई एक्सको रूपमा पुनः ब्रान्ड गरे । प्लेटफर्म संलग्नता बढाउन, मस्कले २०२४ मार्च –२८ मा दुई हजार  ५०० भन्दा बढी प्रमाणित ग्राहक अनुयायी भएको एक्स खातालाई प्रिमियम सुविधामा निःशुल्क पहुँच प्रदान गर्ने घोषणा गरे

शीर्ष समाचार

धेरै पढिएको