भारतमा बस र ट्यांकर ठोकिँदा १८ को मृत्यु, २० जना घाइते
- Khabar Nirantar
- २०८१ असार २६
काठमाडौं । भारतको उन्नाव जिल्लामा बुधबार बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएको हो ।
दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी घटनास्थल पुगेको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ ।
शीर्ष समाचार
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी

प्रतिकृया दिनुहोस्