गर्मीले हजका क्रममा १४ जोर्डनीको मृत्यु
- Khabar Nirantar
- २०८१ असार ३
रियाद । साउदी अरेबियामा हजका निम्ति गएका जोर्डनका कम्तीमा १४ नागरिकको अचाक्ली गर्मीका कारण मृत्यु भएको छ ।जोर्डनको विदेश मन्त्रालयका अनुसार कडा ‘हिट वेभ’ का कारण १४ जोर्डनी नागरिकको मृत्यु भएको र १७ जना हराइरहेका छन् ।
इरानी रेड क्रिसेन्टलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पाँच इरानी नागरिकको पनि मृत्यु भएको छ । तर, उनीहरूको के कारणले मृत्यु भएको भन्ने बारेमा उल्लेख गरिएको छैन ।
जोर्डनी अधिकारीहरूले हराएकाको खोजी जारी राखिएको जनाएका छन् । मृतकका शव व्यवस्थापनका निम्ति साउदी अधिकारीहरूसँग कुरा भइरहेको जोर्डनी अधिकारीहरूले जनाएका छन् । यो हप्ता हज गर्ने स्थानको तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । बीबीसीबाट
शीर्ष समाचार
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी

प्रतिकृया दिनुहोस्