October 20, 2026, Tuesday
KN hd tv

भाजपा ७३ र कांग्रेस ३३ सिटमा विजयी 

काठमाडौं । भारतीय लोकसभा निर्वाचन २०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ ।  ५४३ सिटको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

मंगलबार साँझ साढे ६ बजेसम्मको अवधिमा मतगणना भएकामध्ये १२६ सिटको अन्तिम परिणाम आइसकेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार हालसम्म सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ७३ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले हालसम्म ३३ सिटमा विजय प्राप्त गरेको छ । 

यस्तै, अल इन्डिया तृणमुल कांग्रेस (आईएनसी)ले २ सिट, जनता दल (सेकुलर)– जीडी (एस)ले २ सिट, समाजवादी पार्टीले १, तेलुगु देसमले १, शिव सेना (उद्धव थाक्रे)ले १, कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सिट)ले १, आम आदमी पार्टीले १, जम्मु एण्ड कश्मिर नेसनल कन्फ्रेन्सले १, हिन्दुस्तानी अवाम मोर्चा (सेकुलर)ले १, नेसनलिस्ट कांग्रेस पार्टीले १, राष्ट्रिय लोकतान्त्रिक पार्टीले १, भारत आदिवासी पार्टीले १, सिक्कम क्रान्तिकारी मोर्चाले १ र आजाद समाज पार्टीले १ सिटमा जित निकालेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको