October 21, 2026, Wednesday
KN hd tv

भारतकाे शेयर बजारमा उच्च गिरावट, सेन्सेक्स एकैदिन ४ हजारभन्दा धेरै अङ्कले घट्याे

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहँदा शेयर बजार उच्च अङ्कले घटेको छ ।

आज सेन्सेक्स ४ हजार ३ सय ८९ अङ्क अर्थात् ५ दशमलव ७४ प्रतिशतले घटेर ७२ हजार ७९ विन्दुमा झरेर बन्द भएको छ । यस्तै निफ्टी पनि १ हजार ३ सय ३९ अङ्क अर्थात् ५ दशमलव ९३ प्रतिशतले घटेर २१ हजार ८ सय ८४ विन्दुमा झरेर बन्द भएको छ । सेन्सेक्सको ३० मध्ये २५ वटा कम्पनीको शेयर घटेको छ भने ५ वटाको बढेको छ । बजार ओरालो लागेको दिन एनटीपीसीको शेयर १५ प्रतिशतभन्दा धेरै र एसबीआईको शेयर १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

हिजो एग्जिट पोलमा नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए सरकारमा फर्किने सङ्केतपछि शेयर बजारको प्रमुख मापक सूचक सेन्सेक्स र निफ्टी उच्च अङ्कले बढेर कीर्तिमान कायम भएको थियो । तर आज मतगणना शुरु भएसँगै भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व रहेको एनडीएलाई भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले कडा टक्कर दिएपछि शेयर बजारमा उच्च अङ्कले घटेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको