इजरायलले कब्जा गर्यो प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र रफाहको ‘अल–अवदा’
- Khabar Nirantar
- २०८१ जेष्ठ १६
काठमाडौं । इजरायलले प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र दक्षिणी रफाहको अल–अवदा कब्जा गरेको छ । अल–अवदालाई रफाह शहरको प्रमुख ठाउँ मानिन्छ । यो क्षेत्र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट महत्वपूर्ण छ । इजरायली सेनाले सीमाको दक्षिणी भागमा झण्डै आधा किलोमिटर क्षेत्र कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाले रफाह शहर बाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा ४६ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको र एक सय १० जनाभन्दा धेरै घाइते भएको जनाएको छ ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्