October 21, 2026, Wednesday
KN hd tv

युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ‘क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप’ को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी बेपत्ता भएका देखिएको छ ।

अनुसन्धानका क्रममा अष्ट्रिया, जर्मनी र इटालीलगायत ३१ युरोपेली देशहरूमा पाइएको तथ्याङ्कअनुसार सन् २०२१ र २०२३ को अन्त्यसम्ममा कम्तीमा ५१ हजार चार सय ३३ जना शरणार्थी नाबालिग बेपत्ता भएका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

अझ केही देशहरूमा अपर्याप्त कागजातका कारण वास्तविक सङ्ख्या पत्ता नलागेकाले अझै बढी सङ्ख्या हुन सक्ने जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी इटलीबाट २२ हजार आठ सय ९९ जना बालबालिका बेपत्ता भएका छन् । त्यसपछि क्रमशः अष्ट्रिया, बेल्जियम, जर्मनी र स्विट्जरल्याण्डबाट धेरै बालबालिका हराइरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको