ओमानमा मौसमसँग सम्बन्धित घटनामा नाै विद्यार्थीसहित १२ जनाकाे ज्यान गयाे
- Khabar Nirantar
- २०८१ बैशाख ३
ओमानमा मौसमसँग सम्बन्धित घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । ओमानको समाचार एजेन्सीले माैसमसँग सम्बन्धित घटनामा १२ जनाको ज्यान गएको र केही हराइरहेका उल्लेख गरेको छ ।
ओमानको राष्ट्रिय आपत्कालीन व्यवस्थापन समितिको खोज तथा उद्धार केन्द्रले हराइरहेकाहरूको खोजी भइरहेको बताएको छ । शर्कियाहको गभर्नरेटमा हराएका पाँच जना नागरिकको खोजी र उद्धार प्रयास जारी रहेको खबरमा उल्लेख छ ।
ज्यान गुमाउनेमा नाै जना विद्यार्थी र एक जना विदेशी नागरिकसमेत रहेका छन् । ओमानमा भइरहेको वर्षाले ठाउँ ठाउँमा अचानक बाढी आइरहेको छ । केही ठाउँमा पहिरो पनि गइरहेको खबरमा उल्लेख छ ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्