मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा शुुरु
- Khabar Nirantar
- २०८० चैत्र १२
रुसले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेका भन्दै चार जना आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । कम्तिमा १ सय ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना ह्वीलचेयर प्रयोगकर्तासहित चारै जनालाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा लगिएको बीबीसीले जनाएको छ ।
सबै अभियुक्त घाइते अवस्थामा रहेका खबरमा उल्लेख छ । गएको शुक्रवार क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला आक्रमण गरेको इस्लामिक स्टेट समूहले दाबी गरेको छ । रुसी अधिकारीहरूले भने कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई अस्वीकार गरेको छ ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्