March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

बर्दियामा ताप्न बालेको आगोले जलेर महिलाको मृत्यु

काठमाडौं –  बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा चिसोबाट बच्न सुत्ने कोठामा बालिएको आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर घाइते भएकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको उपचारका क्रममा कान्ति आरोग्य अस्पताल बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।

बुधबार चिसोबाट बच्न बालिएको आगोले ब्लाङकेट सल्केपछि घाइते भएकी महिलाको बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले पुष्टि गरे । आगोले जले लगत्तै उपचारको लागि बर्दिया अस्पतालहुँदै थप उपचारको लागि नेपालगञ्ज पुर्‍याइएको उनले बताए । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको