October 21, 2026, Wednesday
KN hd tv

दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार

काठमाण्डौं – दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ। पत्रकार सम्मेलनका क्रममा उनीमाथि चक्कु प्रहार भएको हो।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा आक्रमण गरिएको थियो।जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे। योनहापका अनुसार

आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ।दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्बिरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।
दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो। त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको