अभियन्ता ईः ललितपुर महानगर कार्यालय अगाडि १०८ मिनेट उभिने
- Khabar Nirantar
- २०८० मंसिर २६
काठमाडौँ– अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् ।
महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन् ।
महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो ।
यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्