October 21, 2026, Wednesday
KN hd tv

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

काठमाडौं– प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुलो धनजनको क्षति भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको