माइतीघर फर्कदा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते
- Khabar Nirantar
- २०७७ भाद्र १७
पाल्पा – तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ।
एक जना घाइते भएकी छन्। मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए। उनकी तीन वर्षीया छोरी करिस्मा घाइते भएकी छन्।
गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीज मनाउन श्रीडाँडास्थित माइतीघर आएकी उनी निषेधाज्ञाका कारण घर फर्कन पाएकी थिइनन्। माइती घरमा बसिरहेको अवस्थामा मंगलबार राति करिब ७ बजे घरमाथिबाट खसेको ढुंगाले लागेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित

प्रतिकृया दिनुहोस्