उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ। यस सम्बन्धी निर्णय भने आज हुने छ।
भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा पुनः थप गरी आज राति १२ बजेसम्म लम्ब्याइएको छ यस विषयमा छलफल भएको र आज निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। उनले भने, ‘मंगलबार उपत्यकाका जनप्रतिनिधि, उद्योगी र प्रशासनका अधिकारीसँग भएको छलफलमा साझा धारणा बनेको छ। त्यसैको आधारमा हिजो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल मिटिङ भएको र त्यही प्रस्ताव आज गृह मन्त्रालयमा छलफल गरेर निर्णय हुने छ।’
उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन्। स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन्।
प्रतिकृया दिनुहोस्