October 18, 2026, Sunday
KN hd tv

जाजरकोट र रुकुममा भिड र प्रचार होइन, त्रिपाल, खाद्यान्न र औषधि चाहिएको छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न, लत्ताकपडा र औषधि आवश्यक रहेको बताएका छन् ।

आज आफ्नो फेसबुक पेजमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विपतमा प्रचार भन्दा सेवा महत्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने सुझाव दिएका हुन् । ‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ’, अध्यक्ष ओलीले भने, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ ।’

साथै उनले उद्धार र उपचारमा खट्नु हुने सबैप्रति आभार व्यक्त गर्दै ती जिल्लामा अहिले सीपयुक्त दक्ष जनशक्तिको समेत आवश्यकता रहेको जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको