October 23, 2024, Wednesday
KN hd tv

बेइजिङमा पठनपाठन सञ्चालन हुदैँ

एजेन्सी- चीनमा नयाँ शैक्षिक वर्ष शुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् ।

नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।

मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।

पेकिङ युनिभर्सिटी (पीकेयू) ले मंगलबार तीन हजार ३००भन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने सङ्क्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।

विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको