October 22, 2026, Thursday
KN hd tv

उपभोक्ता ठगेको भन्दै शान्ति नगरको हरिसिद्धी आयल स्टोरमा शिल

काठमाडौं । ग्राहकलाई कम पेट्रोल दिएर ठगेको आरोपमा अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्पमा शिल गरेको छ ।

आज (बिहीबार) प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि शिल गरिएको हो ।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले शिलवन्दी गरेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले जानकारी दिएका छन् । र्‍यापिड रेस्पोन्स टिमले तीन दिनदेखि विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ । मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले शिल गरेको जनाएको छ ।

सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प शिल गरेको थियो । मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर शिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि शिल गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको