October 20, 2026, Tuesday
KN hd tv

बैङ्कमा कार्यरत दम्पतीमा कोरोना पुष्टि, तत्कालका लागि बैङ्क बन्द गर्न निर्देशन

तनहुँ – दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित  आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् ।

गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

“बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।”

यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको