December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले कार्यविस्तृतिकरण का लागि विज्ञहरुसँग गरेको छलफलका आधारमा तयार पारेको सुझाव सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव एकनारायण अर्याललाई सुझाव प्रतिवेदन बुझाउनुभएको हो ।
कार्यबहाक प्रधानमन्त्री पुर्ण बहादुर खड्काको उपस्थीतिमा भएको सो कार्यक्रममा स्थानिय क्षेत्रका विज्ञहरुले छुट्टा छुट्टै पाँच वटा सुझाव कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समाजिक क्षेत्रमा गर्नुपर्ने सुझावका विषय कृष्ण प्रसाद सापकोटा, सेवा प्रवाहमा काशीराज दाहाल र पुर्वधार, वित्त र अर्थको क्षेत्रमा पुर्व मुख्य सचिव डा.सोमलाल सुवेदीले सुझाव पेश गर्नुभएको थियो ।
कार्यवहाक प्रधानमन्त्री पूर्णबहाद खड्काले राजनीतिकर्मी र कर्मचारीतन्त्रमा रहेको शाशकीय मानशिकताका कारण संघीय शाशन प्रणाली कार्यन्वयनमा समस्या रहेको वताउनुभयो । राजनीति गर्नेले आफु जुन स्थानमा छ’ त्यसैलाई महत्व दिने गरेको भन्दै यस्तो मानसिकता कर्मचारीतन्त्रमा पनि रहेको बताउनुभयो ।

कार्यबहाक प्रधानमन्त्री खड्काले आएका सुझावहरु अनुसार सरकार कार्यविस्तृतिकरणलाई संशोधन गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई अधिकार नदिने मानसिकताले समस्या निम्तीएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कै निर्देशनमा भएको निर्णय समेत कार्यन्वयन गर्न कर्मचारी तन्त्र उदासिन हुनुले पनि स्थानिय तहले संविधान बमोजिमको अधिकार पाउन नसक्नु हो भन्नुभयो ।

उहाँले धेरै मिहनेत गरेर कार्यविस्तृतिकरण संसोधनका लागि प्रस्ताव तयार गरिएको भन्दै यसको कार्यन्वयन मुख्य कुरा हो भन्नुभयो । गाउँपालिका राष्ट्रय महासंघका अध्यक्ष पाण्डेले स्थानिय सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गर्न कसैले रोक्न नहुने बताउनुभयो ।
संघ र महासंघले देशभर नगर प्रमुख उपप्रमुख सहित सरोकारवालाहरुसँग छलफल गरेर कार्यविस्तृतिकरणका लागि सुझाव संकलन गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको