सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको ज्यान गयो
- Khabar Nirantar
- २०८० आश्विन ८
काठमाडौँ – सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।
घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुल्न बाँकी छ ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्