प्रधामन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक
- Khabar Nirantar
- २०८० भाद्र २९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज (शुक्रबार) अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदैछन् । त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्