घाइते सहमहामन्त्री यादवको टाउकोमा लागे १० टाँका, आईसीयूमा राख्नुपर्ने
- Khabar Nirantar
- २०८० भाद्र २१
काठमाडौँ – भृकुटीमण्डपमा भएको खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको टाउकोमा १० टाँका लागेका छन् ।
खुकुरी प्रहारबाट गहिरो घाउ भएर टाउको पछाडिको भागमा काटिएकाले १० टाँका लागेका अस्पताल स्रोतले जानकारी दिएको छ । ट्रमा सेन्टरका ३ जना डाक्टर उनको उपचारमा संलग्न छन् ।
घाइते अवस्थामा रहेका यादवलाई आईसीयूमा राखेर उपचार गरिने भएको छ ।
खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिकाका ४७ वर्षीय श्यामबाबु सापकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्