October 20, 2026, Tuesday
KN hd tv

धनगढीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एक जना पक्राउ

धनगढी । धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करबि ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय जंगलिया चौधरीले विद्युतीय तार जडान गरेकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको