October 17, 2026, Saturday
KN hd tv

बालेनको सामाजिक सञ्जालबाट हट्यो विवादित स्टाटस


काठमाडौँ –
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाउनुभएको छ । चौतर्फी आलोचना भएपछि उहाँले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाउनुभएको हो । 

शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।

चौतर्फी आलोचनापछि आइतवार बेलुकी उहाँको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो ।

प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको सचिवालयको दाबी छ । तर, ट्राफिक प्रहरीले भने अरुलाईजस्तै नियमित जाँच मात्रै गरेको र त्यस्तो कुनै अभद्र व्यवहार नगरेको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको