विद्यालयबाट फर्किदै गर्दा खोलाले बगाएर दाजु–बहिनीको मृत्यु
- Khabar Nirantar
- २०८० भाद्र १८
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु–बहिनीको ज्यान गएको छ । हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिए । मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्