जम्मु–कश्मीरमा सेनाको टोलीमाथि आक्रमण : पाँच जनाको ज्यान गयो
- Khabar Nirantar
- २०८० बैशाख ८
जम्मु–कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।
जम्मु कश्मीरको पुँछमा हिजो दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो ।
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
आक्रमणमा गम्भीर घाइते एक जनाको रजौरीमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको छ । जैश ‘ए’ मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक सङ्गठनले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्