October 21, 2026, Wednesday
KN hd tv

मेसीले बनाए विश्वकपमा असिस्टको कीर्तिमान

काठमाडौं– लियोनल मेसीले विश्वकपमा असिस्टको कीर्तिमान बनाएका छन्। पाँचवटा विश्वकपमा गोलका लागि असिस्ट गर्ने कीर्तिमान मेस्सीले बनाएका हुन्।

शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदा मेसीले १ गोल र १ असिस्ट गरेका थिए।

यसअघि मेसीले सन् २००६, २०१०, २०१४ र २०१८ मा पनि गोलका लागि असिस्ट गरेका थिए। योसँगै मेसी लगातार पाँचवटा विश्वकपमा असिस्ट गर्ने खेलाडी बनेका छन्।

योसँगै मेसीको नाममा अर्को पनि रेकर्ड बनेको छ। मेक्सिकोविरुद्ध एकै खेलमा गोल र असिस्ट गरेपछि विश्वकप इतिहासमा एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी बनेका छन्।

मेसीले राष्ट्रिय टिमबाट अहिलेसम्म ९३ गोल र ५३ असिस्ट गरेका छन्। कोपा अमेरिकामा पनि सर्वाधिक असिस्ट गर्नेको सूचीम मेसी नै छन्।

पाँचवटा विश्वकप खेलेका मेसीले सन् २०१० को विश्वकपमा भने गोल गर्न सकेका थिएनन्। पाँचवटा विश्वकपमा धेरै गोल गर्ने खेलाडीको रेकर्ड भने क्रिस्ष्टियानो रोनाल्डोको नाममा छ।

शीर्ष समाचार

धेरै पढिएको