बागलुङमा चट्याङ लागेर महिलाको मृत्यु
- Khabar Nirantar
- २०७९ असार १५
बागलुङ – बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका-४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।
पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी हुन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
यस्तै अविरल वर्षाका कारण आएको पहिरोले गए राति गलकोट नगरपालिका-११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शीर्ष समाचार
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने

प्रतिकृया दिनुहोस्