October 21, 2026, Wednesday
KN hd tv

सेयर बजार झर्‍यो २ हजारको विन्दुबाट तल

काठमाडौं– सेयर बजार २ हजारको विन्दुबाट तल झरेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा ओर्लिएको हो। 

ठूला कम्पनीको कारोबार मापद सेन्सिटिभ इन्डेक्स पनि मंगलबार  ६.४८ अंक (१.६६ प्रतिशत)ले घटेर ३८३.५१ विन्दुमा पुगेको छ। 

मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी ‘अन्य’ समूहको उपसूचक ३.४४ प्रतिशतले घट्यो। 

मंगलबार कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भयो। 

मंगलबार सबैभन्दा बढी आधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१८ प्रतिशतले बढ्यो। यस्तै, हिमालय पावर पार्टनर लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.१५ प्रतिशतले घट्यो। 

शीर्ष समाचार

धेरै पढिएको