October 20, 2026, Tuesday
KN hd tv

युक्रेनका युद्धग्रस्त क्षेत्रबाट दोस्रोे दिन पनि उद्धार कार्य नहुने

काठमाडौं- युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले  सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् ।

यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए ।

सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा ११ जना घाइते भएको सादभीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको