October 20, 2026, Tuesday
KN hd tv

युक्रेनमा आक्रमणपछि पहिलोपल्ट देश छाड्ने भन्दा भित्रिने धेरै

किभ –  गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरु गरेयता पहिलो पटक पोल्याण्डको सीमाबाट युक्रेन छाड्नेको भन्दा भित्रिनेको संख्या बढेको छ । पछिल्लो समय आफन्त भेट्न वा पुनः आफ्नो घरमा फर्किनेको कारण युक्रेन भित्रिनेको संख्या बढेको हो ।

शनिबार पोल्याण्डको सीमाबाट २२ हजार मानिस युक्रेन भित्रिएका थिए भने १९ हजार २ सय मानिस बाहिरिएका थिए । केही मानिसहरु आफ्ना परिवार भेट्न फर्किएका छन् ।

उनीहरु सीमा नजिकै बसेका छन् । अन्य मानिसहरु भने आफ्नो घर फर्किएका छन् । यसअघि युक्रेनको किभका मेयर भिटाली क्लिट्स्चेन्कोले युक्रेनबाट बाहिरिएका मानिसलाई अहिले नै मुलुक फर्किनु छिटो हुने चेतावनी दिएका थिए । अझै युक्रेन फर्किनु सुरक्षित नभएको उनको भनाइ थियो ।

राष्ट्रसंघका अनुसार युक्रेनमा रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म लाखौं मानिसले युक्रेन छाडिसकेका छन् । जसमध्ये ६ लाख ५० हजारभन्दा धेरै मानिस भने पोल्याण्डभन्दा फरक बाटोबाट बाहिरिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको