October 20, 2026, Tuesday
KN hd tv

युद्ध अन्त्यका लागी पुटिनसँग सम्झौता गर्न तयार भएको जेलेन्स्कीको भनाई

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् ।

उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए ।

‘रुसका राष्ट्रपतिसँगको पहिलो वार्तामै म यी विषय उठाउन तयार छु ।’ युक्रेनी टेलिभिजन च्यानलमा अन्तरवार्ता दिँदै उनले भने । ‘यो सबैले सम्झौता गर्ने विषय हो : पश्चिमा मुलुकहरुका लागि जसलाई नेटोका विषयमा हाम्रा लागि के गर्ने भन्ने नै थाहा छैन, यक्रेनका लागि जो सुरक्षा ग्यारेन्टी चाहन्छ र रुसका लागि जो नेटोको विस्तार चाहँदैन ।’ उनले भने ।

त्यस्तै, उनले पुटिनसँग युद्ध अन्त्यका लागि जस्तोसुकै प्रारुपमा पनि आफू वार्ता गर्न तयार रहेको बताए । यद्यपि वार्तामा भएका छलफल जनमत संग्रहबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको