मौसमः आज पनि देशका विभिन्न भागमा भारी वर्षा हुने
काठमाण्डौँ – विगत तिन दिनदेखी लगातार भइरहेको भारी वर्षा आज पनि देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ ।
त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाका मौसमविद निराजन सापकोटाले आग्रह गर्नुभएको छ । यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्