October 1, 2023, Sunday
२०८० आश्विन १४, आईतवार
KN hd tv

म्याग्दी पहिरो अपडेटः ३२ जना बेपत्ता, खराब मौसमका कारण उद्दारका लागि हेलिकोप्टर जान सकेन

म्याग्दी — अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो । धाैलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए । उनका अनुसार पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । पहिरोमा फसेकाको उद्धार पनि हुन सकेको छैन ।

त्यसै गरी मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराए ।

‘बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरीसमेत हामी कोही पनि घटनास्थल पुग्न सकेका छैनौं,’ उनले भने, ‘हेलिकोप्टरको सहयोग मागेका छौं । घटनास्थल पुग्न उपायको खोजी भइरहेको छ ।’

शीर्ष समाचार

धेरै पढिएको