October 22, 2024, Tuesday
KN hd tv

प्राकृतिक जोखिममा रहेका परिवारको पहिचान गरी उद्दारमा लाग्न काँग्रेस संगठन विभागको आह्वान

काठमाडौं – प्राकृतिक विपदका घटना घटेको बेला नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी कार्यकर्तालाई सम्बन्धित जिल्लामा हुने प्राकृतिक प्रकोपबाट जोखिममा रहेका परिवारहरुको पहिचान, उद्दार र राहत लगायतका गतिविधिमा सक्रियतापूर्वक लाग्न आह्वान गरेको छन् । 

नेता श्रेष्ठले नेपाली कांग्रेस कार्यकर्तालगायत भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुमा क्रियाशील सम्पूर्णलाई आफनो जिल्ला, क्षेत्र, नगर र गाँउमा प्राकृतिक प्रकोपमा परेका र उच्च जोखिमतामा रहेका परिवारहरुको पहिचान, उद्दार र राहतका गतिविधिहरुमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नका आह्वान गरेका हुन्।

केही दिन यता भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो, डुवान लगायतका प्राकृतिक प्रकोपहरुबाट जनधनमा क्षति भइरहेको छ । प्राकृतिक प्रकोपहरुबाट पीडित व्यक्तिहरुको पहिचान, उद्दार, राहत र उचित क्षतिपूर्ति प्रदान गर्नका नेपाल सरकारको ध्यानाकर्षण गराए ।

श्रेष्ठले भने, ‘नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमतामा छ । विपत्ति हामी जोसुकैलाई पनि पर्न सक्दछ । दुखको समयमा सहयोग गर्नु हाम्रो जिम्मेवारी र मानवीय कर्तव्य पनि हो ।’

उनले प्राकृतिक प्रकोपका घटनाहरुमा परि मृत्युवरण गर्नेहरुमा श्रद्धासुमन व्यक्त गर्दै परिवारजनहरुमा समवेदना प्रकट गरे ।

यस्तै भोटेकोसी नदीमा बुधबार राति आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको २० जना बेपत्ता भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको