October 22, 2024, Tuesday
KN hd tv

नेपालका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

नेपालका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टायता नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। यीमध्ये हालसम्म ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्।

बुधबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

शीर्ष समाचार

धेरै पढिएको