June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

नेपालमा थप १०८ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं– नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा  ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति संक्रमित ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना र झापाका एकजना, जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, डोटीका २ जना, काठमाडौंका एकजना, नुवाकोटका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४ जना, नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार कीटिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महारागंजमा गरिएको परीक्षणमा बाग्लुङका एकजना, काठमाडौंका २ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, तनुहँका एकजना र म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका २ जना कास्कीका ४ जना र लमजुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना र दाङका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ३ जना, मुगुका २ जना र सुर्खेतका १८ जना, डडेल्धुरा अस्पताल डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४ जना, बाजुराका २ जना, कंचनपुरका २ जना र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको