आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन
- Khabar Nirantar
- २०७७ असार २५
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका उहाँको लगत्तै निधन भएको बिबिसीले जनाएको छ ।
६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताउनुभएको छ । मन्त्रिपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेपछि उहाँलाई अस्पताल लगिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो ।
कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनाव अनिश्चित भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो ।
शीर्ष समाचार
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने

प्रतिकृया दिनुहोस्