कांग्रेस जिल्ला सभापतिले भने — सरकार पुर्ण असफल

काठमाण्डौँ – नेपाली काँगेसका जिल्ला सभापतिहरुले कोबिड १९ भाइरस रोकथाममा सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् ।

उनिहरुले प्रतिपक्षी दलको हैसियतले पनि कांग्रेसले जतिदबाब र जनता मैत्री कामग र्नुृपर्ने हो त्यो गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको शनिबार प्रजातान्त्रिक बिचार समाजको समन्वयमा भएको छलफलमा उनिहरुले यस्तो बताएका हुन् । वीपी स्मृति अस्पतालमा भएको छलफलमा सरकालले कोराना रोकथामका लागि लकडाउनको मात्र रापअलापेको र अन्य कुरामा ध्यान नदिंदा अब अवस्था भयभव भएको उनिहरुको आरोप छ ।

सभापतिहरुले तत्काल जनतालाई राहतका थप कार्यक्रम ल्याउन पनि सरकार।सँग माग गरेका छन् । चिकित्सक समेत रहेका प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले कार्यक्रममा कोबिड बारे जानकारी गराउँदै कसरी बच्न सकिन्छ भन्नेमा जानकारी गराउनु भएको थियो । उहाँले कोबिडको भाइरस सामान्य नै भएको र यसको मृत्युदर अन्य महामारी रोगको तुलनामा कम नै रहेको भन्दै कांग्रेस सभापतिहरुलाई जिल्ला गएर सामाजिक दुरी कायम गरेर जनताको दुखमा साथ दिन आग्रह गनुृभयो ।

बैठकमा काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ, नुवाकोट सभापति जगदिश्वरनर सिंह केसी, खोटाङ सभापति नरेश श्रेष्ठ, रोल्पा सभापति अमरसिंह पुन लगायतकाको उपस्थीति थियो ।

सो क्रममा प्रजातान्त्रिक बिचार समाजले जिल्ला सभापतिहरुलाई केही स्वास्थ्य सामाग्रीहरु प्निउपलब्ध गराएको थियो ।