कांग्रेस निर्णय: कांग्रेस महाधिवेशन फागुनमै
काठमाण्डौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघिको मुल कार्यतालिका अनुसार नै पार्टीको महाधिवेशन फागुनमा गर्ने भएको छ ।
कोरनाले प्रभावित भएको कार्यतालिका परिमार्जन गर्दै मंगलबार बसेको केन्द्रीय समितिले फागुनमै महाधिवेशन गर्ने भएको हो । तर महाधिवेशनका बाँकी कार्यतालिका भने परिमार्जन भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि असार १५ सम्म सक्ने भनिएको तल्ला तहको समयोजनको काम सक्न असार मसान्तको समय दिइएको छ । साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने, पुस ७ गते वडा अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । सबै स्थानीय तहमा पुस ८ गते तथा प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने कांग्रेसको निर्णय छ ।
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । महाधिवेशनज भने फागुन ७देखी १० गतेसम्म हुने छ ।
त्यस्तै कांग्रेसले प्रधानमन्त्री केपी ओलीले आफुलाई हटाउने बारे दिएको अभिव्यक्ति आपत्ति जनक र गैरजिम्मेवार भनेको छ । एकपछि अर्को गल्ती थप्दा जनतामा ओली नेतृत्व सरकार प्रति चरम असन्तुष्टी बढेको बेला यस्ता अभिव्यक्तिको कुनै अर्थ नहुने कांग्रेसको मत छ ।
प्रतिकृया दिनुहोस्