July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्छः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने बताउनुभएको हो । उहाँले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको बताउनुभएको छ ।

महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको