October 22, 2024, Tuesday
KN hd tv

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि यो विषयमा आइतबार महासमिति बैठकमा छलफल भएको थियो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारी नियन्त्रणमा भएका सरकारी प्रयासबारे समेत छलफल हुनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण त्यो भन्दा पहिले नै तल्लो तहका महाधिवेशन गर्न नसकिने भएकाले त्यसको कार्यतालिका हेरफेर गर्नेबारे कांग्रेसमा छलफल भइरहेको हो ।

कांग्रेसमा ८ तहको महाधिवेशन गर्नु पर्ने हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण फागुनमा हुने केन्द्रीय महाधिवेशन पूर्व ती सबै महाधिवेशन गर्न सम्भव नदेखिएकाले सार्ने बारे बैठकमा छलफल हुने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको