क्वारेन्टाइन व्यवस्थित बनाउन सरकारसँग कांग्रेसको माग
काठमाडौं – नेपाली कांग्रेसले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । क्वारेन्टाइनको भद्रगोल व्यवस्थापनका कारण कोरोना भाइरस संक्रमण केन्द्र बनेको भन्दै कांग्रेसले यसलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेको हो ।
कांग्रेसका सहमहामन्त्री एवम् कोभिड १९ बाट उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक डा। प्रकाश शरण महतको नेतृत्वमा कांग्रेसको एक प्रतिनिधि मण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर क्वारेन्टाइन व्यवस्थित बनाउन ध्यानाकर्षण गराएका हो ।
क्वारेन्टाइन नै कोरोना फैलाउने माध्यम बनेका छन्, महतले भने, क्वारेन्टाइनमा सामान्य मापदण्ड समेत अपनाएको पाइएन । सरकारको चरम लापरवाही देखियो ।’ संयोजक महतसहितको टोलीले केही दिनअघि काठमाडौं बाहिरका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेको थियो । संयोजक महतले क्वारेन्टाइनलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्