April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

लमजुङमा कोरोना भाइरसः ५ जनाले जिते, थप ३ जनामा देखियो संक्रमण

बेंसीसहर – लमजुङमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको भएर ५ जना घर फर्किएका छन् ।  बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार गराएका ५ जना संक्रमित निको भएर घर फर्किएका हुन् । 

कोरोनालाई जितेर घर फर्कनेमा मध्यनेपाल नगरपालिका ४ का ४२ वर्षीय पुरुष,  ६ का २० वर्षीय पुरुष, ९ का २२ वर्षीय पुरुष, बेसीसहर नगरपालिका ३ की २१ वर्षीया महिला, १० की ३३ वर्षीया महिला रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

बेंसीसहर नगरपालिका १० की ३३ वर्षीया महिला र मध्यनेपाल नगरपालिका ९ का २२ वर्षीय पुरुष असार ७ गते लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । कोरोना जितेकी ३३ वर्षीया महिला कुवेतबाट आएर जेठ ३० गतेदेखि सुन्दरबजारस्थित लमजुङ क्याम्पसको क्वारेन्टाइनमा बसेकी थिइन् । मध्यनेपाल ९ का २२ वर्षीय युवक भारतबाट आएर जेठ २८ गते देखि सुन्दरबजारस्थित क्वारेन्टाइनमा बसेका थिए । 

पीसीआर विधिबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि संक्रमितलाई क्वारेन्टाइनबाट लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको थियो। आइसोलेसनमा राखिएकोमा पुन कोरोना परीक्षणका लागि थ्रोट स्वाब लिएर पोखरा पठाइएको थियो । सोमबार थ्रोट स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  कोरोना जितेका सबैलाई फूलको गुच्छा र खादा लगाएर कोरोना निको भएको प्रमाणपत्र हस्तान्तरण गरी बिदाइ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार थप तीन जना संक्रमित भेटिएका छन् । संक्रमित हुनेमा बेसीसहर नगरपालिका-९ का १९ वर्षीया महिला, मध्यनेपाल नगरपालिका-६ की २० वर्षीया महिला र मस्र्याङ्दी गाउँपालिका-८ की ३८ वर्षीया महिला रहेकी छन् । उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिए । 

शीर्ष समाचार

धेरै पढिएको