April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

बैंकको ब्याजदर एकल अंकमा आउने अर्थमन्त्री खतिवडाको दाबी

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन् । उनले भने ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ ।’

अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने भन्ने कुरा पनि आउँने र बैंकलाई कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताए । ‘मन्त्री खतिवडाले भने ‘यो विषय अब मौद्रिक नीतिले हेर्ने छ ।’

उनले आगामी आवमा आर्थिक अवस्था पुरानै गतिमा फर्कने गरी सरकारले काम गर्ने दाबी गरे ।

अहिले सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको