माओवादी केन्द्रले ‘तराई मधेश जागरण अभियान’ कार्यतालिका परिमार्जन, महोत्तरीबाट पुनः सुरु

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’को कार्यतालिका परिमार्जन गरेको छ। पूर्वको झापाबाट सुरु भएको अभियान महोत्तरी पुगेर तीन दिनका लागि स्थगित गरिएको थियो।

अभियान स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरू काठमाडौं फर्केर पदाधिकारी बैठकमा भाग लिएका थिए। बुधबार बिहान बैठकमा सरकारले संसद्मा प्रस्तुत गर्न लागेको अध्यादेश, विपक्षी दलको तयारी र हुलाकी राजमार्गसम्बन्धी अभियानको समीक्षा गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।

तीन दिनको स्थगन पछि बिहीबार महोत्तरीबाट अभियान फेरि सुरु हुने छ। परिमार्जित कार्यतालिका अनुसार महोत्तरीमा फागुन २२, सर्लाहीमा २३, रौतहटमा २४, बारामा २५, पर्सामा २६ गते अभियान सञ्चालन हुने छ। यसपछि चितवन, बुटबल, नवलपुर, नवलपरासी पूर्व, परासी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि अभियान सञ्चालन हुनेछ। माओवादी केन्द्रको यो अभियान चैत १२ मा समापन हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा