रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पा –  रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टीकासिंह बुढा मगरको गए राति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गए राति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा