अधिकांश फरार कैदी : बलात्कार, हत्या र लागु औषधकर्ता !

काठमाडौं । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका अधिकांश कैदी बलात्कार, हत्या र लागुऔषध मुद्दामा थुनामा रहेको पाइएको छ ।

गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेखित नामहरु अधिकांश बलात्कार, हत्या र लागु औषध मुद्दामा थुनिएका रहेको पाइएको हो ।

दुई दिनमा कम्तिमा पनि १४ हजार कैदी कारागारबाट भागेका थिए । त्यसमध्ये नौ हजार ८ जना फकिइसकेका छन् ।

अहिले पनि पाँच हजार ५४७ जना कैदीबन्दीहरु कारागार बाहिर रहेका छन् । उनीहरुको नाम सार्वजनिक गर्दै विभागले निर्वाचन आयोग, सुरक्षा निकायहरु, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायत सेवाग्राहीहरुको आवागमन धेरै हुने निकायहरु तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको छ ।

यसरी भागेका कैदीमा ५४० जना भारतीय रहेका छन् । १०८ जना चीन, क्यानडासहित विभिन्न मुलुकका रहेका छन् । 

यी हुन् भारतबाहेक विभिन्न देशका १०८ जना फरार कैदीबन्दी 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा