पूर्वी नेपालका १८ स्थानमा राजमार्ग अवरुद्ध (विवरणसहित)

काठमाडौं । शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण पूर्वी नेपालका १८ स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।

संखुवासभा, ओखलढुंगा, धनकुटा, इलाम, रसुवा, सिन्धुली र सिन्धुपाल्चोकका विभिन्न सडक नदी कटान र पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ ।

केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।

इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ।

त्यसैगरि रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया-११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका-८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर-३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि आज पूर्णरुपमा अवरुद्ध छ।

सिन्धुलीको मरिण गाउँपालिका-२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलेका छन्।

त्यसैगरि सिन्धुलीकै फिक्कल गाउँपालिका-६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोसी-१ नेपालथोकस्थित बीपी राजमार्ग पनि आज पूर्णरुपमा अवरुद्ध अबस्थामा छ।

संखुवासभास्थित कोसी राजमार्गको भोटखोला–४ बरुणखोला र संखुवासभाकै मकालु–४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका- ६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ।

सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका- १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोसी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा